आइतबार ०३ आश्विन २०७८

काठमाडौं

१२ बर्षमा लाग्ने कुम्भ मेलामा सहभागी हुन भारतको उत्तराखण्डस्थित हरिद्वार पुगेका राजा ज्ञानेन्द्र शाहले पहिलो पटक शाही स्नान गरेको बताएका छन्।

शाही स्नानपछि भारतीय मिडियाले सोधेको प्रश्नको जवाफ दिँदै उनले पहिलो पटक स्नान गरे पनि हरिद्वार निक्कै पटक आएको बताए।

सोमबार उनलाई भारतीय मिडियाले हिन्दी भाषामा प्रश्न गरेका थिए। तर उनले नेपाली भाषामा जवाफ दिए।

‘कस्तो लागेको छ सहभागी हुँदा?’ भन्ने प्रश्नमा उनले भने,‘निक्कै खुशी लागेको छ, नेपाली जनताका तर्फबाट सहभागी भएको छु।’

यसअघि भारत भ्रमणकै क्रममा केही साताअघि सिलिगुरी पुगेका उनलाई हिन्दीमा प्रश्न गर्दा आफूलाई नआउने बताएका थिए।

काठमाडौं– १२ बर्षमा लाग्ने कुम्भ मेलामा सहभागी हुन भारतको उत्तराखण्डस्थित हरिद्वार पुगेका राजा ज्ञानेन्द्र शाहले पहिलो पटक शाही स्नान गरेको बताएका छन्।

शाही स्नानपछि भारतीय मिडियाले सोधेको प्रश्नको जवाफ दिँदै उनले पहिलो पटक स्नान गरे पनि हरिद्वार निक्कै पटक आएको बताए।

सोमबार उनलाई भारतीय मिडियाले हिन्दी भाषामा प्रश्न गरेका थिए। तर उनले नेपाली भाषामा जवाफ दिए। ‘कस्तो लागेको छ सहभागी हुँदा?’ भन्ने प्रश्नमा उनले भने,‘निक्कै खुशी लागेको छ, नेपाली जनताका तर्फबाट सहभागी भएको छु।’

यसअघि भारत भ्रमणकै क्रममा केही साताअघि सिलिगुरी पुगेका उनलाई हिन्दीमा प्रश्न गर्दा आफूलाई नआउने बताएका थिए।


Last Updated on: April 13th, 2021 at 9:06 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया