आइतबार ०३ आश्विन २०७८

काठमाडौँ

सरकारले  कोरोनाको संक्रमणलाई मध्यनजतर गर्दै  ठुला शहरमा ५००  सय  र साना  १००  भन्दा बढी कोरोना संक्रमित भेटिएमा  यी  स्थानको आगमनलाई  कडाई गर्न  आग्रह गरेको  छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज  एक  सुचना जारी गर्दै रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु  पनि राति ९ बजेपछि बन्द  गर्न आग्रह   गरिएको  छ  ।

जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन  यो सुचना जारी  गरिएको  हो ।

विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह गरेको  छ  ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको
छ ।

 


Last Updated on: April 7th, 2021 at 9:34 pm
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया