आइतबार ०३ आश्विन २०७८

भ्रष्टाचारको मामिलामा मुछिएको घटनापछि एक गृहमन्त्रीले राजीनामा नै दिनुपरेको छ ।

भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले सोमबार मुख्यमन्त्री उद्धव ठाकरेलाई देशमुखले राजीनामा बुझाएका हुन् ।

केही समयअघि मात्र भ्रष्टाचारको मामिलामा मुछिएका देशमुखमाथि अनुसन्धान गर्न मुम्बई उच्च अदालतले सीबीआईलाई आदेश दिएको थियो ।

पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीले प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लगाएका थिए ।

सोमबार मुम्बईको उच्च अदालतले सोही विषयमा अनुसन्धानको लागि सीबीआईलाई आदेश दिएको हो ।

अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

अन्य प्रहरी अधिकारीले पनि मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीमाथि असन्तुष्टि जनाएका थिए । देशमुख लामो समयदेखि महाराष्ट्रको मन्त्री रहँदै आएका थिए ।

यसपटक भ्रष्टाचार मामिलामा मुछिएपछि भने उनको राजनीतिक जीवनमा धक्का पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

 


Last Updated on: April 7th, 2021 at 9:02 pm
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया