आइतबार ०३ आश्विन २०७८

नेपाली उद्योगपति विनोद चौधरी विश्वको चर्चित म्यागजिन फोब्र्सको २१४१ नम्बरमा परेका छन्।

फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा चौधरी २१४१ नम्बरमा परेका हुन् ।

उनको सम्पत्ति भने १.४ बिलियन डलर अर्थात १ अर्ब चालिस करोड डलर बराबरको सम्पत्ति स्थिर देखिएको छ। उनी गत वर्ष १५१३ स्थानमा रहँदा पनि १.४ बिलियन थियो। २०१९ मा १.७ बिलियन, १३ सय ४९ ‍औं स्थानमा, २०१८ मा १.५ बिलियन थियो, १५ सय ६१ औं स्थानमा र २०१७ मा १.३ बिलियन डलर थियो र १५ सय ६७ औं स्थानमा थिए।

अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन्।

फोर्ब्सले प्रकाशित गरेको सूची अनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अर्थात एक खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ।

रकेट कम्पनी स्पेस-एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन्। बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ।

तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन्।

माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

वारेन बफेट छैटाैं, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलका सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन्। अम्बानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन्।

सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको धेरै सम्पत्ति नबिल बैंक र सीजी फुड (वाइवाइ चाउचाउ) मा रहेको छ। वाइवाइको उत्पादन भारत, सर्बिया, बंगलादेशमा हुन्छ भने इजिप्टमा पनि उत्पादनका लागि संरचना निर्माण भइरहेको छ। सीजीले विश्वभर १ सय ३५ होटलहरु संचालन गरिरहेको छ ।

फोर्ब्स म्यागाजिनले पछिल्लो ३५ वर्षदेखि प्रत्येक वर्ष विश्वका अर्वपतिहरुको सूची सार्वजनिक गर्दै आएको छ।

 


Last Updated on: April 7th, 2021 at 7:05 pm
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया