आइतबार ०३ आश्विन २०७८

काठमाडौ

राजनीतिक घटनाक्रम परिवर्तन भएपछि नेताहरु पूर्ववत पार्टीमा फर्कने क्रम जारी छ । सर्वोच्च अदालतको पछिल्लो फैसला पछि पनि आफ्नो पुरानो पार्टी छोडेर फरक नेताको साथमा लागेकाहरु अब फर्कन थालेका छन् ।

प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका नेकपा माओवादी केन्द्रका तीन प्रदेश सांसद आफ्नै पार्टीमा फर्किने भएका छन्।

उनीहरुले ओलीको साथमा नरहने निर्णय गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदममा साथ दिएर प्रचण्डको साथ छोडेकाहरु अब फेरी माओवादी केन्द्रमै फर्कने निष्कर्षमा पुगेका हुन् । ओलीको पक्षमा लागेका चार जनामध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो।

समिरले माओवादीमै फर्किने निष्कर्षमा पुगेका छन् । ओली पक्षमा लागेकी माओवादीकै ज्वालाकुमारी साहले भने निर्णय सुनाएकी छैनन् ।

प्रदेश २ मा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ जना सांसद छन्। दुवै दल एकता हुँदा नेकपामा ३२ जना सांसद रहेका थिए। तर पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपाका सांसदहरु दुई गुटमा विभाजित भएका थिए।

जसमध्ये प्रचण्ड–माधव पक्षमा १९ जना सांसद खुलेका थिए भने १३ जना ओली पक्षमा लागेका थिए ।

प्रदेश २ नेकपा संसदीय दलका नेता समेत रहेका ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डललाई प्रचण्ड–माधव पक्षले कारबाही गरी हटाएर सत्रुघन महतोलाई दलको नेता बनाएका थिए।


Last Updated on: April 1st, 2021 at 7:27 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया