आइतबार ०३ आश्विन २०७८

नमस्कार । देश भित्र रहनु भएका र देश बाहिर रहनु भएका सम्पूर्ण श्रमजीवी, पेसाकर्मी, व्यवसायी अग्रज तथा सहकर्मी साथीहरू, सञ्चार कर्मी र बाहिर रहनु भएकाहरूमा अविवाद ।

नेपाल पत्रकार महासंघको अधिवेशन यहीँ आउँदो २५ गते हुँदै छ । औपचारिक रूपमा महासंघको निर्वाचन प्रक्रिया अनौपचारिक रूपमा सुरुवात भइसकेको छ । यस पटक मैले अध्यक्ष पदमा उम्मेदवार दिएको छु ।

अध्यक्ष पदमा उम्मेदवार दिइरहँदा विभिन्न पेसागत पत्रकार, विभिन्न पेसा, वर्ग समूहका साथीहरूले प्रश्न उठाउनु भएको छ कि ? गजेन्द्र बुढाथोकीको उम्मेदवारी पत्रकार महासंघमा किन र के का लागि ?

– नेपाल पत्रकार महासंघलाई राजनीतिक, दलीय, सिन्डीगेट मुक्त गर्नका लागि मेरो उम्मेदवार हो ।

– नेपाल पत्रकार महासंघमा आबद्ध रहनु भएका करिब करिब दस हजार पत्रकार तथा, श्रमजीवी, व्यवसायी पत्रकार, प्रोफेसर छाता सङ्गठन होस भन्ने लागेका छौँ ।

– महासंघको शुद्धीकरणको एजेन्डालाई विगत लामो समय देखि हामी लागि रहेका छौँ ।

– २०५३ सालको महासंघको धरान अधिवेशनलाई म सम्झिन्छु, महासंघको सदस्य, गैर सङ्घका व्यापारी, रक्सी व्यापारी, प्रहरी देखि गुप्तचरहरू समेत महासङ्घका सदस्य भए, भनेर उनीहरूलाई मुक्त गरी विशुद्ध पेसाकर्मीको संज्ञाको रूपमा विकास गर्नु पर्छ, भनेर अग्रज तथा सहकर्मी साथीहरू लड्दै आउनु भयो ।

विडम्बना २५ वर्षको महासंघको सदस्यताको शुद्धीकरणमा अहिले पनि तड्काको रूपमा रहेको छ भने, फेसबुक तथा ट्विटरमा रहनु भएका साथीहरूले महासंघको गैर सदस्य शुद्धीकरणका लागि तैँले के गर्न सक्छस् ? भनेर प्रश्न गरिरहनु हुन्छ ? हो महासंघको शुद्धीकरण यहीँबाट शुद्धीकरण भएको छ ।

गत निर्वाचनको बेलामा महासंघको चुनावको कुरा गर्या छैन । सम्पन्न भएको स्थानीय तहदेखि प्रतिनिधि सभाको कुरा मैले हेरिरहेको छु ।

आफूलाई पत्रकार भन्ने साथीहरू कोही वडाध्यक्ष, तथा वडा सदस्य हुँदै संसद्को उम्मेदवारसम्म उठ्नु भयो । कोही राजनीति दलको प्रचार प्रसार समितिको केन्द्रीय समितिमा समेत उठ्नु भयो ।

भनेपछि महासंघको सदस्यमा रहनु भएका यस्ता जिल्ला तह देखी नेतृत्वमा रहेर केन्द्र सम्मको यस्ता नेतृत्व कर्ताहरू अमुक पाटी राजनीतिक दलको झन्डा उठाउनु भएको छ ।

निर्वाचनको प्रचारप्रसार समितिमा रहनु भएको छ । उहाँहरू सँग हामीले के कस्तो निष्पक्ष पत्रकारिताको उपेक्षा गर्ने ।

 


Last Updated on: March 30th, 2021 at 10:00 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया