आइतबार ०३ आश्विन २०७८

काठमाडौं,

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भनेर आफूहरुले सुरुदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराए ।

उनले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराउने पनि सुनाए ।

रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सभापतिको रुपमा सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले नै देशलाई आमूल परिवर्तन गर्ने विश्वास दिलाए । उनले ओलीलाई भिजनरी लिडरको रुपमा चित्रण गरे ।

सम्बोधनको क्रममा पत्रकार धमला निकै भावुक बने । उनले क्लबलाई यहाँसम्म ल्याईपुर्याउनको आफूले धेरै संघर्ष गरेको पनि स्मरण गराए ।

उनले प्रधानमन्त्री ओलीले कोरेको विकास र समृद्धिको यात्राले सगरमाथाको उचाईँ चुमोस भन्ने कामना पनि गरे ।


Last Updated on: March 30th, 2021 at 7:43 pm
३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया