आइतबार १० आश्विन २०७८

सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले केहिदिनका लागि भएपनि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले केटिएम दैनिकलाई दिएको जानकारीअनुसार देशभरकै विद्यालयहरु भोली मंगलबारबाट ४ दिनको लागि बन्द गर्ने निर्णय गरिएको छ ।

त्यसपछि पनि वायु प्रदुषण नघटेमा मन्त्रालयले थप निर्ण

लिनेछ ।

मन्त्रालयमा अहिले प्रेस विज्ञप्ती तयार भैरहेको र केही समयमा सञ्चारमाध्यमहरुमा पठाइने पनि उनले
बताए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो ।

मन्त्रालयले वायु प्रदुषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध गरेको थियो।

मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न र घर बाहिर मर्निङ वाकमा नजान पनि सर्वसाधारणलाई अपिल गरेको थियो।

प्रदुषणले काठमाडौं उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने र अन्य श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 


Last Updated on: March 29th, 2021 at 7:03 pm
२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया