आइतबार ०३ आश्विन २०७८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई शुक्रवार शपथ गराउँदै ।

सासंद शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईलाई मन्त्रीपद खानकै लागि गुट परिवर्तन गरेको आरोप लागेको छ ।

तामाङ पत्नी उषाकला राई प्रदेश-१ को सामाजिक विकासमन्त्री मा सपथ खाएपछि मन्त्री पद पाउनकै लागि गुट परिवर्तन गर्दै बार्गेनिङ्ग गरेको आरोप लागेको हो ।

प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर कार्यविभाजन गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्वुहाङ (लिम्बु), भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

यसैगरी मुख्यमन्त्री शेरधन राईले नवनियुक्त राज्यमन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्री, कार्यालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेका थिए । यसअघि २०७६ माघ ५ गते मुख्यमन्त्री राईले प्रदेश मन्त्रीमण्डल विस्तार गरेका थिए ।

यसअगाडी तामाङ दम्पती कहिले ओली र कहिले नेपाल गुटमा लागेका थिए । मुख्यमन्त्री शेरधन राईको दबाबमा तामाङ दम्पती गुट परिवर्तन गरेका थिए । उषाकला र शेरधन आफन्त पर्ने बताइन्छ ।

मन्त्रीको लोभमा तामाङले कहिले ओली र कहिले नेपाल गुटमा लागेको नेकपा नेता कार्यकर्ताको आरोप छ ।

तामाङले संघीय सरकारमा मन्त्री नपाएपछि उषाकलालाई मन्त्री बनाएको स्रोतले बताएको छ ।

सिन्धुपाल्चोककै दावा लामालाई खेलकुद मन्त्री बनाएपछि तामाङले मन्त्री पद गुमाउनु परेको थियो । नेकपा एकै हुँदा संसद विघटनपछि माओवादी केन्द्रका लामालाई ओली सरकारले मन्त्री बनाएको थियो ।

नेकपा विभाजनपछि पनि दावा एमालेमै छन् । २०७४ को निर्वाचनमा लामा तामाङसँग पराजित भएका थिए ।

नेकपा विभाजन हुँदा पनि तामाङ दम्पतीलाई मन्त्रीको अफर गरेरै ओली गुटमा ल्याएको स्रोतले बताएको छ ।

लामो समयदेखि वरिष्ठ नेता माधव कुमार नेपालसँग नजिक मानिएका तामाङ एकाएक ओली पक्षमा देखिदा तरंग नै फैलिएको थियो ।

स्रोतका अनुसार सिन्धुपाल्चोकबाट संघीय सांसदमा चुनाव जितेका तामाङलाई नेपाल पक्षका व्यवसायी तथा सहयोगीले नेपाल पक्षमा फर्कन दबाब दिएका थिए । उनीहरुले निर्वाचनमा चन्दा दिएको पैसा फिर्ता समेत मागेका थिए ।

यसअगाडी रघुवीर महासेठ र जुली महतो दम्पतीलाई पनि मन्त्री पद पाउनकै लागि गुट फेरेको आरोप लागेको थियो ।

 


Last Updated on: March 26th, 2021 at 7:18 pm
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया