आइतबार ०३ आश्विन २०७८

काठमाडौं

सर्वोच्च अदालतले एकता प्रक्रियाबाट बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अवैधानिक पार्टी भनेलगत्तै पार्टीभित्र मात्र होइन सांसदहरुसमेत कुन पार्टीका हुन् भनेर प्रश्न उठन थालेको छ ।

कास्की– २ मा नेकपाको तर्फबाट उपनिर्वाचनमार्फत विजयी भएर आएकी विद्या भट्टराई र राष्ट्रियसभामा निर्वाचित भएर आएका नेता नारायणकाजी श्रेष्ठलगायतका नेता कुन पार्टीका सांसद हुन् भन्ने गम्भीर कानुनी प्रश्न उठ्ने देखिएको छ ।

राष्ट्रियसभामा रिक्त भएको र उपनिर्वाचन भएको क्षेत्रमा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाको तर्फवाट उनीहरु सांसद बनेका थिए ।

नेकपा उपाध्यक्ष बामदेव भने सरकराको शिफारिसमा राष्ट्रपतिद्धारा राष्ट्रियसभामा निर्वाचित भएकाले उनको सांसद पदमा भने दलीय अन्योल हुने छैन ।

अदालतको यो फैसलापछि अव नेकपाभित्र यी र यस्ता थुप्रै जटिलता एकपछि अर्को आउने देखिएका छन् ।

बिष्णु पौडेल भन्छन्-अदालको फैसला अनुसार नारायणकाजी एमालेको सांसद
नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले प्रचण्ड-माधव पक्षका प्रवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ एमालेको सांसद हुने दाबी गरेका छन्।

सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी विवादमा फैसला सुनाएपछि साविककै एमाले र माओवादी केन्द्र ब्युतिँएका छन्।

 


Last Updated on: March 25th, 2021 at 7:17 pm
३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया