आइतबार ०३ आश्विन २०७८

काठमाडौं

माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता देवेन्द्र पौडेलले बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै नेता पौडेलले भन्नुभयो–‘अबको दुई–तीन दिनभित्र हामी राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेससंग हामी सल्लाह, उहाँहरुले आफ्नो स्थिती केहो प्रस्ट पार्नुहुन्छ त्यसपछि हामीले हाम्रो बारेमा दिएको विश्वासको मत फिर्ता लिन्छौँ ।’

नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको माओबादी केन्द्रले सरकारलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भन्नेमा लागिरहेको छ ।

अरु दलकोपनि सहमतीमा अविश्वास प्रस्ताव र विश्वासको मत फिर्ता लिने काम गरौ भन्नेमा आफुहरु रहेको पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अरुले निर्णय दिन सक्नुभएन भने पनि हाम्रोतर्फबाट यो प्रक्रिया अगाडि बढाउँछौं ।’प्रधानमन्त्री केपी शर्मा ओलीमा सरकार बामपन्थी कै रहोस भन्ने सोच नभएकाले अब सरकार संयुक्त हुने र यहि सरकारलाई समर्थन गर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।


Last Updated on: March 24th, 2021 at 7:33 pm
४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया