आइतबार ०३ आश्विन २०७८

काठमाडौं,

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीको दुई दिनको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेलसम्म मात्रै भएको टिप्पणी गर्नुभएको छ’ ।

मंगलबार (आज) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित आफ्नो समूहपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भेलालाई सम्बोधन गर्दै बरिठ नेता नेपालले यस्तो बताउनुभएको हो’ ।

उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री ओलीको चुरीफुरीको हावा कुर्सीबाट बाहिर निस्केपछि खुस्किन्छ ‘।

त्यस्तै, उहाँले ओलीले मागेको कथित स्पष्टीकरणबाट आफूहरु नतर्सिएको र’ आफूहरु ओलीविरुद्ध आत्मसमर्पण नगर्ने पनि बताउनुभएको छ ।

त्यस्तै, ओलीले जस्तोसुकै सेटिङ गरेको भएपनि अब कुनैपनि हालतमा राजतन्त्र पुनःस्थापना नहुने बताउँदै अबको लक्ष्य समाजवाद नै रहेको उहाँको दाबी छ’ ।

यसैबीच उहाँले ९औँ महाधिवेशनको कार्यदिशा अनुसार आफूहरू अगाडि बढ्न खोजेको पनि बताउनुभएको छ’ ।


Last Updated on: March 23rd, 2021 at 6:49 pm
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया