आइतबार ०३ आश्विन २०७८

काठमाण्डौँ

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुनः संसद विघटन गर्ने बताएका छन् ।

आइतबार साँझ प्राइम टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री अ‍ोलीले एमाले बाहेकका पार्टीले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने बताएका छन् ।

ओली भने, ‘म फेरि त्यस्तो गल्ती दोहो¥याउँदिनँ, एमालेबाहेकको सरकार बन्न सकेन भने, कसैले मत पु¥याउन सकेन भने त संविधानअनुसार नै संसद् विघटन हुन्छ ।’

पार्टी पुनस्र्थापनापछि कामकारवाही सुरु गर्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको उहाँले बताउनुभएको छ ।

ओलीले आफूले पार्टीको बैठक जहाँ बोलायो त्यहाँ सबै नेताहरु आउनुपर्ने बताउनुभयो ।

उहाँले आफूले पार्टीको केन्द्रीय कमिटीको बैठक यही चैत्र ७ गते बोलाएकोले सबैलाई आउन भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवले नेपाललाई हिन्दूराष्ट बनाउनुपर्छ भनेर जनमतसंग्रहको माग गरेको कुरा आफूले नसुनेको बताउनुभएको छ ।

 


Last Updated on: March 15th, 2021 at 10:03 pm
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया