आइतबार ०३ आश्विन २०७८

काठमाडौं

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र सम्भव नभए ओलीइतरका माओवादी केन्द्र र नेपाली कांग्रेससंग मिलेर संयुक्त सरकार बनाउने दावी गरेका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आज आयोजित पार्टीको कार्यक्रममा बोल्दै यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताए ।

यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसंग भएको वार्ता रेशम चौधरीको रिहाइका लागि मात्रै हो, सत्ता साझेदारीका लागि हैन ।’

उनले अब सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने समेत बताए । सरकारको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको भन्दै केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।


Last Updated on: March 14th, 2021 at 10:28 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया