आइतबार ०३ आश्विन २०७८

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले    प्रचण्ड नेपाललाई संकेत गर्दै आफु प्रधानमन्त्री बन भन्दै सकैलाई सनवेदन गर्न नजाने बताएका  छन् ।

आज शनिबार  ओलीनिकट महिला संघको राष्ट्रिय भेलालाई  सम्बोधन गर्दै  ओलीले यस्तो  अभिव्यक्ति  दिएका  हुन् ।

उनले प्रधानमन्त्रीका लागि अरु जसरी निवेदन बोकेर नजाने बताए ।हामी प्रधानमन्त्रीलाई कसैकहाँ निवेदन हाल्न जाँदैना्रं’, ओलीले भने , ‘हामीबाहेक अरू कुनै पार्टी र नेता त्यसको लायक छैन ।

कुनै नेताले भाषणमा पनि विकासका कुरा गरेका छैनन् ।’ ओलीले  देशभरमा आफु मात्र प्रधानमन्त्री बन्न योग्य  भएको  दावी समेत गरेका छन् साथै आफुलाई जस्तो विकासको  भाषण गर्न कसैलाई  गर्न नआउने  भन्दै विकासको सोच समेत  कसैमा  नभएको   जिकिर गरेका    छन् ।

आफ्नो सरकार बनेपछि आश्चर्यजनक रुपमा विकास भएको दाबी गरेका ओलीले आफूले विकास गरेको देखेर आत्तिएका पार्टीभित्र र बाहिरका शक्तिले खुट्टा तान्ने काम गरेको टिप्पणी  समेत गरेका छन् ।

यो पनि पढ्नुहोस् ;महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण  वरिष्ठ नेता पौडेल
बागलुङ, २९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गरे ।

वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्ने धारणा राखे ।

“अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आँफै अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पारिएको छ, यो दुःखद् छ”, वरिष्ठ नेता पौडेलले भने ।

विकसित राजनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उल्लेख गर्दै उनले ससंदीय प्रक्रियाबाटै राष्ट्रलाई निकास दिइने उल्लेख गरे ।

उनले सत्ता साझेदारीका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीबीच छलफल चलिरहेको बताए ।

 


Last Updated on: March 13th, 2021 at 8:48 pm
३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया