शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं,

सत्तारूढ दल नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीको नेतृत्वको सरकारलाई नै दुई वर्ष टिकाउने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभाको पूरा कार्यकालभरि नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने खनालको भनाई आएको हो ।

उनले भने,‘हामी यही सरकारलाई दुई वर्ष टिकाउनतिर लाग्छौं ।

अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गर्छौं ।’

तर, यसबारेमा वरिष्ठ नेता माधव कुमार नेपालले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनी अहिले सरकारलाई जोगाउनुपर्ने भनेर कसैले पनि सल्लाह नगरेको भन्दै जवाफ दिनबाट पन्छिएका थिए ।

 


Last Updated on: March 10th, 2021 at 7:22 pm
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया