आइतबार १० आश्विन २०७८

काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ ।

ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

भेटप्रति जसपाका नेताहरुले आशंका गरेका थिए । एक नेताका अनुसार ओली र ठाकुरबीच सत्ता साझेदारीबारे सहमति भएको चर्चा समेत चलेको थियो । तर ठाकुरले केही भनेका थिएनन् ।

तर मंगलबार जसपा संसदीय दलको बैठकमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य दल कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी दिएका छन् ।

ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका लागि ‘सरप्राइज’ थियो ।

उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । एक नेता भन्छन्, ‘रेशम चौधरीको रिहाइ हामी सबैको एजेण्डा हो ।

तर सत्ता साझेदारी ओलीसँग गर्न हुन्न भन्नेमा हामी छौं । उहाँहरु (ठाकुर र राजेन्द्र महतो) कसरी आउनुहुन्छ, हेर्न बाँकी छ ।’

 


Last Updated on: March 9th, 2021 at 7:03 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया