आइतबार ०३ आश्विन २०७८

जनकपुरधाम

पछिल्लो आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरुले धनुषाको औरही गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरुले आइतबार गाउँपालिकामा ताला लगाएका हुन् ।

साउन महिनादेखि हालसम्म गाउँपालिकाले भत्ता उपलब्ध नगराएको ज्येष्ठ नागरिक मजबुरी मेहताले बताए।

भत्ता लिन पटक–पटक गाउँपालिका धाएपनि अध्यक्ष तथा कर्मचारीले फिर्ता घुमाउने गरेकाले बाध्य भएर ताला लगाउनुपरेको उनले बताए ।

‘भत्ता लिन आउँछु, कसैले वास्ता गर्दैनन्,’ अर्का ज्येष्ठ नागरिक जयकृष्ण साहले भने, ‘आज दिन्छु, भोलि दिन्छु भन्दाभन्दै ८ महिनादेखि दिएको छैन ।’

गाउँपालिकामा भेला भएका करिब डेढ सयजना ज्येष्ठ नागरिकले एक महिनादेखि गाउँपालिकाका अध्यक्ष ब्रहमदेव यादव पनि सम्पर्कमा नआएकाले गाउँपालिकाको कार्यालयमा ताला लगाएको बताएका छन् ।

 


Last Updated on: March 7th, 2021 at 7:52 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया