आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको आजको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भोलिबाट सुरु हुने संसद् बैठकमा ध्यानकेन्द्रित गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं उक्त समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई संसद्मा सरकारको कामको बचाउ गर्न निर्देशन दिएका थिए ।

प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ ।


Last Updated on: March 6th, 2021 at 6:53 pm
३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया