बुधबार १० कार्तिक २०७८

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले फेरी फुट्नसक्ने संकेत गरेका छन् ।

गृह जिल्ला अछाम जाने क्रममा बिहिबार डोटीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले राजनीतिक दलले जुनसुकै पार्टी जतिबेला पनि फुट्न सक्ने दाबी गरे ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा

शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गरे ।

उनले आफूले स्वार्थका लागि राजनीतिमा नआएको बताएका छन् ।‘म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन,

पार्टी फुट्नु आफैंमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु’, उनले भने ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले फेरी फुट्नसक्ने संकेत गरेका छन् ।

गृह जिल्ला अछाम जाने क्रममा बिहिबार डोटीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले राजनीतिक दलले जुनसुकै पार्टी जतिबेला पनि फुट्न सक्ने दाबी गरे ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा

शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गरे ।

उनले आफूले स्वार्थका लागि राजनीतिमा नआएको बताएका छन् ।

‘म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैंमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै

एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु’, उनले भने ।

 


Last Updated on: September 17th, 2021 at 6:38 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया