शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले पद प्राप्तिका लागि एमाले चोइटाउने खेल भइरहेकाले मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

एमाले जिल्ला कमिटी ललितपुरले आज यहाँ आयोजना गरेको ‘जिल्लास्तरीय अगुवा कार्यकर्ता

भेला’ मा उनले एमाले देश र जनताको हितमा सधैँ लागीरहने बताए ।

ज्ञवालीले अब पनि आर्थिकका साथै सामाजिक रुपान्तरणका लागि मिलेर अघि बढ्दा समृद्धि हासिल हुने बताए ।

वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एमालेले सधै देश र जनताको हितमा काम गर्ने धारणा राखे ।

एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले गएको

स्थानीय सरकारको चुनावमा आफूहरुले ७५ प्रतिशत विजय हासिल गरेकोले अरुले देख्न नसकेको बताए ।

“पार्टीलाई पुनः चुस्त र मजबुत बनाउन आवश्यक छ ”, उनले भने ।

कार्यक्रममा ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र जिल्ला सचिवालय सदस्य

ब्रम्हानन्द श्रेष्ठ लगायतले पार्टी संगठन र समसामयिक राजनीतिका विषयमा धारणा राखेका थिए ।


Last Updated on: September 12th, 2021 at 6:54 pm
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया