शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्न सरकार लागि परेको दाबी गरेका छन् ।

शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै सरकारले झुक्याएर

एमसीसी पास गर्न लागेको उनले ठोकुवा गरेका हुन् । ‘एमसीसीबारे केही बोल्दैनन्, भन्दैनन् ।

झुक्याएर पास गर्न लागेका छन् । शेरबहादुर जीले भन्नु पर्दैन एमसीसी के गर्ने ? प्रचण्डले भन्नु पर्दैन एमसीसी के गर्ने ?’, उनले प्रश्न गरे ।

यस्तै उनले चीनसँगको सीमा विवाद बल्झाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले सीमा विवाद अध्ययन समिति बनाएर कसलाई खुसी पार्न खोजेको हो भन्दै प्रश्न समेत गरे ।

ओलीले चीनसँग सीमा विवाद नरहेको बताउँदै भने, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहन्छु,

सीमा विवाद भएको देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?’

सरकारको आलोचना गरेका छन् ।

उनले सीमा विवाद अध्ययन समिति बनाएर कसलाई खुसी पार्न खोजेको हो भन्दै प्रश्न समेत गरे ।

ओलीले चीनसँग सीमा विवाद नरहेको बताउँदै भने, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहन्छु,

सीमा विवाद भएको देखाओस् । कसलाई खुसी पार्न समिति बनाएको ?’


Last Updated on: September 5th, 2021 at 8:29 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया