आइतबार ०३ आश्विन २०७८

काठमाण्डौं ।

यो देश बिगार्ने ५’७ हजार भ्रष्टहरुलाई जेल नहालीकन कुनै नेताहरु पनि सफल नहुने चाहाना हरेक नेपालीले यतिबेला केपी ओलीसँग राखेका छन् ।

देशभित्र भएका हरेक गतिबिधीहरुसँग नजिक रहेका र हालै प्रधानन्त्री पद छोडेका नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले

नेतृत्वको गरेको पार्टी वा सरकार त्यसपछि भने बहुमत मात्रै होईन दुई तिहाईको साथ राज्य चलाउने छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको लागि कम्फटेवल सरकार भनेको केहि समयमा नै केहि बुद्धीजिवीहरुले यस्तो बिश्लेषण गरेका हुन ।

नेपालमा भष्टचारीको यति धेरै बिगबिगी छ कि पैसा नदेखाई काम नै नहुनेसम्म छ ।

यो अबस्थामा केपी ओलीले यो देश बिगार्ने ५र७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म छोड्दिन भन्ने हो भने र आफ्नैबाट शुरुवात गर्ने हो भने उनी प्रति आम नागरीकको चासो झनै बढेर जानेछ ।

भष्टचारीको अनुहार समेत हेर्दिन भनेका ओलीले यति काम गरेको अबस्थामा उनलाई र उनको पार्टीलाई नागरीकमा जान सहज अबस्था आउने छ ।

साथै आगामी निर्वाचनमा राष्टीयता र भष्टचारीलाई कारवाहीको नारा ओलीले नेतृत्व गरेको एमालेको मुख्य नारा हुनेछ ।

अन्यथा आफैले सरकार बनाउला र सरकार चलाई राखुला भन्ने सपना नदेखेको राम्रो हुने छ ।

ओलीले ंससदबाट पराजित भएर प्रधानमन्त्री शेर बहादुर देउवा र उनी बिरोधीहरुको गठबन्धन बनेको बेला यस्ता कुराहरु फेस गर्दा उनी नै कमजोर देखिएका छन् ।

एमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरि

माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी० बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।

निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।

उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्।

त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे।

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामन्तवादीको नेताको पनि संज्ञा दिए।

नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसोर्टमा जम्मा गरेको हो।

आज र भोलि चन्द्रागिरि रिसोर्टमा रहने गरी नेपाल पक्षले ६० वटा कोठा बुक गरेको थियो।

तर सोमबार रातिसम्म निर्वाचन आयोगले मान्यता दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ४६ जना उपस्थित भएका छन्।

बाँकी सातदेखि नौजना केन्द्रीय सदस्यहरु मंगलबार दिउँसोसम्म चन्द्रागिरि पुग्ने जानकारी प्रस्तावित पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले दिएका छन्।

ती ४६ केन्द्रीय सदस्यमा ३२ जना सांसद पनि रहेका नेता साहले जानकारी दिएका छन्।

चन्द्रागिरि पुगेका ४६ जना केन्द्रीय सदस्य ०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येका हुन्।

नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ जना केन्द्रीय सदस्य या ३१ जना सांसद भए पुग्छ।

नेताहरु प्रदीप नेपाल र खगेन्द्र चुँडाल बिरामी भएका कारण आज उपस्थित हुन नसकेको जानकारी साहले दिए।

बुधबार निर्वाचन आयोगमा हुने सनाखतका क्रममा नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत वारिसनामा पठाउने भएका छन्।

चुँडाल र नेपाल पनि बुधबार सिधै निर्वाचन आयोगमा आउने जानकारी साहले दिएका छन्।

 


Last Updated on: August 24th, 2021 at 7:11 pm
७८० पटक हेरिएको

तपाईको प्रतिक्रिया