आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा माओवादी केन्द्र विघटन गर्ने तयारीमा सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

स्रोतका अनुसार अब उनले एमाले फुटाएका माधव नेपालसँग सहकार्य गर्ने तयारी गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीद्धय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको

नेकपा एकिकृत समाजवादीबीच पार्टी एकताको सहमति जुटेको छ । दुवै नेताहरुबीच हालै भएको वार्तामा यस्तो सहमति भएको हो ।

अहिले माधव नेपालको पार्टी निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा रहेको छ ।

हालैको एक कार्यक्रममा प्रचण्डले माओवादी एकताको मात्रै झण्डा उठाएर मुलुकको स्वाधीनतासँगै जनताको हित

हुन नसक्ने भन्दै कम्युनिष्ट पार्टीहरुबीचको एकताको झण्डा उठाउनुपर्ने बताएका थिए ।

माओवादी पार्टीमा अनुशासन नराखेमा भत्काइदिँउ भन्दै उनले गम्भीर प्रश्न उठाउका थिए ।

स्थानीय तहको आगामी निर्वाचन अगाडि नै दुई पार्टीबीच एकताको तयारी भइरहेको निकट स्रोतको दाबी छ ।

नेकपा माओवादी केन्द्र विघटन गर्ने तयारीमा सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

स्रोतका अनुसार अब उनले एमाले फुटाएका माधव नेपालसँग सहकार्य गर्ने तयारी गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीद्धय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीबीच पार्टी एकताको सहमति जुटेको छ ।

दुवै नेताहरुबीच हालै भएको वार्तामा यस्तो सहमति भएको हो ।

अहिले माधव नेपालको पार्टी निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा रहेको छ ।

हालैको एक कार्यक्रममा प्रचण्डले माओवादी एकताको मात्रै झण्डा उठाएर मुलुकको स्वाधीनतासँगै

जनताको हित हुन नसक्ने भन्दै कम्युनिष्ट पार्टीहरुबीचको एकताको झण्डा उठाउनुपर्ने बताएका थिए ।

माओवादी पार्टीमा अनुशासन नराखेमा भत्काइदिँउ भन्दै उनले गम्भीर प्रश्न उठाउका थिए ।

स्थानीय तहको आगामी निर्वाचन अगाडि नै दुई पार्टीबीच एकताको तयारी भइरहेको निकट स्रोतको दाबी छ ।


Last Updated on: August 21st, 2021 at 8:16 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया