आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार भएको छ ।

दलको सम्पूर्ण डकुमेन्ट तयार भइसकेको छ ।विश्वस्त स्रोतका अनुसार नयाँ दलको नाम समेत जुरिसकेको छ ।

कम्युनिस्ट र समाजवादी शब्द राख्ने गरी यसलाई अन्तिम टुंगो माधव नेपाल र बामदेव गौतम बसेर गर्दैछन् ।

उनीहरुले दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालसँग पनि परामर्श गर्ने बुझिएको छ । माधव नेपाल

नयाँ दलका लागि डकुमेन्ट घनश्याम भुसालले तयार गरेका हुन् ।

भुसाललाई नै नयाँ दलको महासचिव बनाउने गरी नेपाल र गौतमले सहमति बनाएको विश्वस्त स्रोतल बताएको छ ।

सुरेन्द्र पाण्डेको पनि नाम आएकोमा उनी नेपाल पक्षमा आउने नआउने टुंगो लागेको छैन ।

यसैगरी, नयाँ दलमा माधव नेपाल नै अध्यक्ष रहने बुझिएको छ ।

झलनाथ खनाल र बामदेव गौतमले वरिष्ठ नेता या सहअध्यक्षमध्ये कुनै पद पाउने बुझिएको छ ।

एमालेमा रहँदा स्थायी कमिटीमा रहेका र केन्द्रीय कमिटीमा रहेकाहरुले महत्वपूर्ण जिम्मेवारी पाउने गरी तयारी गरिएको छ ।

सांसद भएकाहरुले पनि पार्टी कमिटीमा महत्वपूर्ण जिम्मेवारी पाउने बुझिएको छ ।

गणतन्त्रका पिता प्रचण्ड संग, गणतन्त्र बिरोधि केपी ओलिको तुलना हुनै सक्दैन – नेता रायमाझी
नेकपा (माओवादी केन्द्र)का सचिव आलोक रायमाझी भन्छन्,

“अहिलेको राजनीतिक अन्योल र राजनीतिक अस्तव्यस्तता दलाल संसदीय व्यवस्थाको उपज हो । संसदीय व्यवस्थामा यस्तो हारालुछ हुनु स्वाभाविक छ ।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली यो दलाल संसदीय ब्यबस्थाको उत्तम पात्र हुन् ।

केपी ओलि मुक्त देश नबनाए संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने पक्का छ ।”

“यो दलाल व्यबस्थाका प्रधानमन्त्री केपी ओलि नक्कली र ढोङी राष्ट्रवादी हुन् वास्तवमा उनी

खतरनाक इन्डो – अमेरिकी रणनीतिका मतियार हुन् त्यसकारण प्रचण्ड उनी भन्दा कैयौं गुणा देशभक्त छन्”

उनी अगाडि थप्छन् “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा मुल योगदान कमरेड प्रचण्डको छ, संघीय लोकतान्त्रिक गणतन्त्रका पिता प्रचण्ड हुन् ।

प्रचण्डले अब कुनै आग्रह पुर्बाग्रह बिना माओवादी र पुर्व माओवादीलाई एक ठाउँ ल्याउन

मुल भुमिका खेलेर सबै एक ठाउँ ल्याउन भुमिका खेले भने असली नायक रहिरहन बाट कसैले रोक्न सक्ने छैन ।

सबैलाई एकठाउ बनाउन म र हाम्रो पार्टीले उनलाई पुरै सहयोग गर्ने छ, तर अब मालेमावाद लाई स्विकार्दै अगाडि बड्नुको विकल्प छैन ।

अब प्रचण्डले मालेमाबादीहरु लाई एक ठाउँमा ल्याउन ढिलो गर्नु हुदैन, अगाडि भने” सत्ता समीकरणका लागि जे जस्ता खेल भइरहेका छन्

तिनले नेपाल र नेपाली जनताका लागि केही फरक पर्नेछन् । मुलुकको स्थिति झन भद्रगोल हुनेछ । तर, ओलीलाई विस्थापित गर्न जरुरी छ ।”

नेता रायमाझीले अगाडि थपे “केपी ओलि मुक्त देश नबनाए संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने पक्का छ ।

गणतन्त्रका पिता प्रचण्ड हुन् भने गणतन्त्रको कट्टर बिरोधि केपी ओलि हुन ।”

अदालतको निर्णय पछी गोपाल किराती नेतृत्वको नेपाल (माओवादी केन्द्र)ले के निर्णय गर्छ हेर्न बाकी नै छ । नेता रायमाझी त्यही पार्टीका सचीव हुन ।

 


Last Updated on: August 17th, 2021 at 5:20 pm
१६०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया