आइतबार १० आश्विन २०७८

काठमाडाैँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफ’गानिस्तानमा सुरक्षा र उ’द्धारको प्रतीक्षा

गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिनु भएको छ ।

उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरता पूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र

अत्यावश्यका अवस्थामा उद्धार प्रब’न्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताउनु भएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालि वानीले क’ब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन्

भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उ’द्धार गरी स्वदेश फर्काइरहेका छन् ।

प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार

प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताउनु भएको हो।

‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभि भावकत्व सरकारको दायित्व हो ।

सजगता र गम्भीरता पूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ देउवाले भन्नुभयो ।


Last Updated on: August 16th, 2021 at 9:22 pm
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया