शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा एउटा नयाँ काम भएको छ ।

गिरिजा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईको पालामा हुन नसकेको काम देउवाको पालामा भएको हो ।

देउवाको पालामा भएको काम हो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागस्थानको स्थापना ।

प्रधानमन्त्री पत्नी एवं प्रथम महिला आरजु राणा देउवाले शुक्रवार बालुवाटारमा नागस्थान स्थापना विधिवत रुपमा पूजा अर्चना गरेकी छन् ।

तत्कालीन प्रधानमन्त्री सूर्य बहादुर थापाको पालासम्म यहाँ नाग पूजा हुने गरे पनि त्यसपछि भने रोकिएको थियो ।

गिरिजापछिका प्रधानमन्त्रीको पालामा निरन्तरता पाएन । झन देशलाई जबरजस्ती धर्म निरपेक्षता घोषणा गरे पछि हुँदै भएन । वामपन्थीहरुले गरेनन् ।

तर देउवाआएसँगै नागस्थान मात्रै स्थापना भएको छैन बल्की उहिल्यै छोडिएको पूजालाई पनि निरन्तरता दिइएको छ ।

प्रथम महिला आरजु देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्विरसहित पूजालाई निरन्तरता दिएको जानकारी दिएकी छन् ।

धर्म निरपेक्षताका नाममा मास्न खोजिएको परम्परा र हिन्दु आस्थालाई आरजुले पुन निरन्तरतामा ल्याएकी हुन् ।

सामाजिक सञ्जालमार्फत आरजुले लेखेकी छन्, ‘आज नाग पञ्चमीको अवसरमा

प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना गरि विधिवत रूपमा पूजा अर्चना गरेकी छु ।

किम्बदन्ती अनुसार यहाँको बगैंचा र पोखरीमा नाग र नागीनको बास रहेको भन्ने छ ।

पहिले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्य बहादुर थापाज्युकी धर्म पत्नीज्यूले यहाँ पूजा गर्नु हुन्थ्यो,

तर त्यसपछि सो पूजाको चलनलाई निरन्तरता दिन नसकिएको कुरा बुझ्नमा आएको छ ।

यहाँ कार्यरथ पूर्व र वर्तमान कर्मचारीहरुले नाग र नागीनको दर्शन पाएको कुरा पनि बताउँछन ।

पहिले यहाँ बस्दा अहिलेको बगैचा भएको क्षेत्रमा निर्माण कार्य भैरहेकाले स्थापना गर्न सकिएन ।

नेपाल सरकारको योजना अनुसार भवन विकास योजना अन्तर्गत प्रधानमन्त्री निवासको आधुनिकीकरण सम्पन्न भई बगैचाहरु पनि तयार भएको छ ।

तसर्थ यहाँ नाग र नागीनी स्थानको स्थापना गरिएको छ। जय नाग देवता ।’

आरजुले बालुवाटार नाग पूजा गर्दा माओवादी केन्द्रमा खैलाबैला भएको छ ।

सरकारी निवासमा नाग पूजा मनाउन नपाइने र देखिने गरी मनाउन नहुने भन्दै केही नेताहरुले प्रचण्डसामु विरोध जनाएका छन् ।

उता पूर्वमाओवादी एवं अहिले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी चलाइरहेका विश्वभक्त दुलाल आहुतीले पनि आपत्ति जनाएका छन् ।

उनको पार्टी केन्द्रीय सदस्य एवं एनजीओकर्मी महावीर विश्वकर्माले कुतर्क गरेका छन् ।

धर्मनिरपेक्ष राष्ट्रमा आफ्नो आस्था छ भने आफुले मात्रै मान्ने हो, दीर्घकालीन रुपमा

रहने गरि आफ्नो आस्था सरकारी निवासमा स्थापना गरेर राख्ने नहुने उनले तर्क गरेका छन् ।

उनले कस्तो कुतर्क गरेका छन् भने हिन्दुको नागस्थान बनाउने हो भने भोलि इसाई वा मुस्लिम

प्रधानमन्त्री आयो भने चर्च र मस्जिद बनाउन पाउनुपर्छ । तर यस्तो कुतर्कको धेरैले विरोध गरेका छन् ।

 


Last Updated on: August 14th, 2021 at 11:45 pm
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया