आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो दल मुख्य शक्ति बन्ने सुनाए ।

आगामी चुनावपछि माओवादी पहिलो शक्ति बन्ने भन्दै उनले ढुक्क साथ पार्टी संगठनमा लाग्न निर्देशन दिए ।

प्रचण्ड बैठकमा निकै उत्साही देखिन्थे । उनले जतिसुकै कठिनाई आएपनि पार गर्दै माओवादी शक्तिशाली बन्दै गइरहेको सुनाए ।

माओवादीले नै अहिलेको राजनीतिक पहलकदमी लिएको उनको भनाई थियो ।

अहिलेको गणतन्त्र, धर्मनीरपेक्ष र संघीयता माओवादीकै कारणले आएको सुनाउँदै उनले

देश माओवादीकै एजेन्डामा चलिरहेको तर्क गरे । यसकारण पनि माओवादी बलियो शक्ति रहेको बताए ।

प्रचण्डले आगामी आमनिर्वाचनपछि आफूहरु मुख्य शक्ति बन्ने सुनाए ।

उनले त्यसका लागि सांगठनिक पकड बलियो बनाउनुपर्नेमा जोड दिए । उनले कसरी चुनावपछि पहिलो नम्बरको दल बन्ने सबै रणनीति खुलाएनन् ।

पछिल्लो समय माओवादीसहित नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र

डा.बाबुराम भट्टराईलगायत शक्तिबीच गठबन्धन वा एउटै पार्टी बनाएर जाने पहल भइरहँदा प्रचण्डको भनाई आएको हो ।

समाजवादी धारका शक्तिहरु एक भएर आगामी चुनावमा जाने गरी प्रचण्डले पहलकदमी गरिरहेका छन् । त्यसैले उनी अबको चुनावमा नम्बर एक शक्ति हुनेमा ढुक्क छन् ।

यस धर्तीमा हामी जस्ता बहादुरको मात्रै सम्मान हुन्छ : माधब नेपाल

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग सम्झौता नगर्ने बताएका छन्।

एकताका लागि ओलीसँग अनौपचारिक रुपमा संवादमा रहेका नेपालले आफू कमजोर हुने गरी अघि नबढ्ने प्रष्ट पारेका हुन्।

पार्टीको आधिकारिक कागजातमा आफ्नो पनि हस्ताक्षर हुनुपर्ने अ डान नेपालले राखे पनि ओलीले स्वीकार गरेका छैनन्।

मंगलबार एमबिबिएसमा सर्वोत्कृट भएका आशिक झालाई सम्मान गर्न ।

नेपाल निकट अखिलले आयोजना गरेको कार्यक्रममा नेता नेपालले आफूहरु कसैको टाङमुनि छिर्ने पक्षमा नरहेको

उल्लेख गरे।उनले भने, ‘हामी कसैको टाङमुनि छिर्नेवाला छैनौँ। अध्यारो सुरुङमा छिर्नेवाला छैनौँ।

ओलीजस्ता द म्भी अ हंकारीहरुलाई चु नौती दिएर नै अघि बढ्नेछौँ। यस धर्तीमा बहादुरहरुको मात्रै सम्मान हुन्छ,

ड रपोक कायरहरुको सम्मान हुँदैन। सही बाटोमा सत्य र न्यायको बाटोमा अघि बढ्छौँ।’

नेता नेपालले आफू पक्षीय कर्णालीका तीन सांसदलाई जिताएर ल्याउने समेत बताए।

प्रकाश ज्वालासहितका नेताहरुले हिम्मतका साथ काम गरेको उनको भनाइ थियो। पार्टीको ह्वी प वि परीत ।

महिन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए।‘हाम्रा कर्णाली प्रदेशका

साथीहरुले बडो हिम्मतका साथ, आँटका साथ, गतल कुराको प्र वृतिमा उड्ने आँट गर्नुभयो,’ ।

नेपालले अगाडि भने, ‘मैले उहाँहरुलाई भनेको छु, तपाईंहरुको पद खा रेज भयो भने जिताएर ल्याउने जिम्मामा मेरो हो।’


Last Updated on: August 14th, 2021 at 10:45 pm
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया