आइतबार १० आश्विन २०७८

काठमाडौं ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका

अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् ।

आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव

नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोशिश गरेको उनको आरोप छ ।

‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता,उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्‍यौं ।

पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ’ पोखरेलले भने,

‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोशिश गर्नुभयो ।’ आजको परिणामले त्यही पुष्टि भएको उनले बताए ।

दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र

महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोप समेत लगाए ।

एकढिक्का हुनेभए सबै पुर्व माओवादी, एकतामा माधव नेपाल पनि समेटिदै !

काठमाडौं – नामको विवादमा परेको एउटा सानो मुद्दालाई टेकेर सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्युँताएसँगै पार्टीभित्र सुरु भएको समानान्तर गतिविधि थामिने नामोनिसान छैन ।

औपचारिक रुपमा २०७७ फागुन २८ पछि नेकपा एमाले भित्र समानान्तर गतिविधि सुरु भयो। र,

एक अर्को बिनाको पार्टीको परिकल्पनामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल लागि नै रहे।

किचलो पार्टीमा मात्रै सीमित रहेन। पार्टी भित्रको विवाद अदालतसम्मै पुग्यो र ओली बहिर्गमनमा परे।

माधव नेपाल पक्षका कर्णाली प्रदेशका ४ सांसदको पद गुम्यो। ओली समूहले प्रदेश सरकारको नेतृत्वबाट पनि लगातार हात धोइरहने अवस्था आइलाग्यो।

ओली निकट नेता पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट बाहिरिएका थिए भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिन बाध्य भए।

एमाले किचलोले पार्टी विभाजनकै डिलैमा पुगे पनि ओली-नेपालले तत्काल राजनीतिक पारपाचुकेुको निर्णय गरिसकेका छैनन्।

विवादले अहिलेको रुप लिनुअघि बेलाबेलामा ओली र नेपाल बिच वान अन वानु भेटवार्ताका श्रृङ्खलाहरु पनि चले।

 


Last Updated on: August 14th, 2021 at 9:12 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया