शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

‘केपी ओलीले एमालेलाई ख*रानी पा*र्ने भए’ : सचिब पृथ्वी सुब्बा गुरुङ

नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि ग*म्भीर प्रश्न उठाएका छन् ।

लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले ख*रा*नी बन्न सक्ने बताएका हुन ।

अध्यक्ष ओलीको द*म्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ ।

‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो ।

त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश,

लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि ।

संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’

उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अ*हंकार र एक्लै हिड्ने

प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’

साढे तीन बर्षमै यति ठूलो क्ष*ति ब्यहोर्नुले एमालेको भबिश्य के होला भनेर

चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ ।

तर अहिलेको अबस्था यस्तो होइन ।’ उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने द*म्भ पाल्दाको परिणति हो, यो ।

अध्यक्ष ओलीको ब्यक्तिबादी द*म्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’

एउटा ब्यक्तिको (ओली) कारण पार्टी र आन्दोलनले ग*म्भीर

ध*क्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने उनको तर्क छ ।

अझ एमाले पनि सिंगो अबस्थामा नरहने हो भने त कम्युनिष्ट आन्दोलन नै क्ष*तबि*क्ष*त हुने सचिब गुरुङको भनाई छ ।

अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्व*न्द्व*बादी*ढंगले हेर्नु पर्ने उनी बताउँछन् ।

‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति

शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन,

नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’ उनी भन्छन् ।

लुम्बिनी प्रदेशमा एमाले सरकार अल्पमतमा परेर ढ*लेपछिको बिकसित राजनीतिक घटनाक्रमका बारेमा आफूनिकट

नेता तथा कार्यकर्ताहरुसँग कुरा गर्दै सचिब गुरुङले एमालेमा एकता नभए पार्टी नै ध्व*स्त बन्ने बताए ।

‘नेकपा एमालेलाई अहिलेको अबस्थामा ल्याउन हामीले ०४६ सालपछि तीन दशक कडा परिश्रम गरेका छौं ।

बिभाजित भएमा पार्टी स*माप्त भएर जान्छ ।’ उनी भन्छन् ।

पार्टीमा माधब नेपालहरु बस्न नसक्ने बाताबरण सिर्जना गर्नु भनेको

सिंगो पार्टी र आन्दोलनका लागि भयंकर ठूलो क्ष*ति भएको उनको भनाई छ ।

‘माधब नेपालमा ब्यक्तिजन्य कमजोरी होलान, तर एमाले बनाउन उनको योगदान ओलीभन्दा कम होइन, बरु बढ्ता नै छ ।’

उनी भन्छन् ‘यस्तो ब्यक्तिलाई कसैको स्वार्थ (ओली) नमिल्नेबित्तिकै पार्टी छाडेर जाउ भन्नु ईतिहासप्रतिको ग*द्धारी हो ।’

सचिब गुरुङले माधब नेपालले पनि ओलीलाई मात्र हेरेर पार्टीमा बस्ने/नबस्ने निर्णय लिनु सर्बथा गलत हुने उनको सुझाब छ ।

‘सिंगो पार्टी, कम्युनिष्ट आन्दोलन, देश, जनता र कार्यकर्ताहरुको भाबनालाई बिचार गरेर उहाँले (माधब) निर्णय लिनुपर्छ ।’

गुरुङको सझाब छ ‘ब्यक्ति हेरेर आन्दोलनलाई कमजोर बनाउन उहाँलाई पनि ईतिहासले छुट दिदैन ।’

माधब नेपालको समूह पार्टीमा नरहने हो भने दुबै एमाले पनि नबच्ने र फुटेर जानेहरु पनि नबच्ने सचिब गुरुङको दाबी छ ।

‘माधब नेपालहरु फुटेर जानुभयो भने उहाँहरुको भबिश्य त रहँदैन नि, एमाले पनि समाप्त हुन्छ ।’

उनी भन्छन् ‘हिजो दुई पार्टीबिचको एकता हुदा त काँगे्रसको लोकप्रिय मत हाराहारी जस्तै छ ।

अहिले त दुई पार्टी दुईतिर भएको र एमाले पनि बिभाजित भएको अबस्थामा एमाले बच्न नसक्ने उनको तर्क छ ।

अब एमाले ढल्यो भने ईतिहासमै उठ्न नसक्ने पनि गुरुङको बुझाई छ ।

‘दुई तिहाईको सत्ता सन्चालन गरेको एमाले, आफै झगडा गरेर क्षत*बि*क्ष*त भए भने न जनताले माफी गर्छन, न ईतिहासले ।

त्यसैले यो पार्टी कहिल्यै उठ्न नसक्ने गरी थला पर्छ । के त्यसको लागि हामी तयार हो त ?’ उनको प्रश्न छ ।

 


Last Updated on: August 13th, 2021 at 7:37 pm
५७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया