आइतबार ०३ आश्विन २०७८

काठमाडाैँ-

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् ।

अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् ।

रायमाझीले भने, ‘मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’

उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।

‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि ३ महिनासम्म इभ्यालुएसन गराएँ,’ रायमाझीले भने,

‘उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ ।

९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।’

उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए ।

‘उहाँले राम्रो काम गर्नुभएको हो,’ रायमाझीले भने, ‘४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो ।

त्यस पछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो ।

अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो,’ रायमाझीले भने ।

रायमाझी केपी शर्मा ओलीको पहिलो र पछिल्लो दुवै सरकारका ऊर्जामन्त्री रहिसकेका छन् ।

उनको पालामा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्दथ्यो ।

उनले मन्त्रालय छोडेपछि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा जनार्दन शर्मा ऊर्जामन्त्री बने ।

शर्माले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्तिको सिफारिस गरेका थिए ।

घिसिङ प्राधिकरणमा आएको ३ महिनापछि देश लोडसेडिङमुक्त भएको थियो ।

यो पनि बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् ।

उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् ।

जुन कुराको खुलासा करिनाले गरिन्, त्यो कुरा सुनेर कार्यक्रमका होस्ट करण त आश्चर्यमा परे परे

साथसाथै करिनाको उक्त कुरा सुनेका सबै र त्यो कार्यक्रम हेरिरहेका सबै सोशल मिडियाका यूजरहरु पनि आश्चर्यमा नै परे ।

करिनाले उक्त कार्यक्रममा अमृतासँग आफ्नो भेट नै नभएको र

सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् ।

करिनाको यो कुरा सुनेर अमृता र सैफका छोराछोरी सारा र इब्राहीम पनि रिसाएको खबर बाहीरिएको छ ।

खबरका अनुसार करिनाले आफ्नो आमासंग कहिल्यै भेट नभएको भनेर भन्नु भनेको

आफ्नी आमाको बेइजत गरेको छोरी सारा र छोरा ईब्राहीमले बताएका छन् ।

उनीहरुले करिना कुनै आउट साईडर नभएको हुनाले आमा बुवाको

विबाहदेखि उनीहरुको प्रेमको चर्चा र फिल्मी क्षेत्र एउटै भएको बताउँदै सानैदेखि करिनाले आमा

अमृतालाई देख्दै आएको पनि बताएको कुरालाई भारतीय सञ्चारमाध्यमहरुमा उदृढ गरिएको छ ।

अभिनेत्री करीना अहिले दोस्रोपटक गर्भवती भएकी छन् । गर्भवती भएपछि उनी चर्चामा आएकी छिन् ।

उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् ।

उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् ।

सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धवि’च्छेद भएको थियो ।

 


Last Updated on: August 13th, 2021 at 4:25 pm
४६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया