आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेमा एकताको लागि दोश्रो तहका नेताहरुले प्रयास गरिरहेको र

ओली-नेपाल वान टु वान वार्ताको तयारी भईरहेको बताईए पनि त्यस्तो सम्भावना कम रहेको देखिएको छ ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा नेपालले उक्त कुरा बताएको खुलेको हो ।

भेटमा एमालेका बरिष्ठ समेत रहेका नेपालले बरु आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाउन तयार रहेको बताएको नेपाल निक श्रोतले बतायो ।

बिहानमात्र नेपालसँग भेटेका माओवादी अध्यक्ष प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् ।

माओवादी स्थायी कमिटीका एक सदस्यका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय,

एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग दिइनेछ ।

नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ ।

आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै

आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले जानकारी दिएका छन् ।

ओलीले आफू बाहेकका नेताहरुलाई मात्र एकतामा प्राथमिकतामा राखेको

बुझेका नेपाल दोश्रो तहका नेताहरुको प्रयासमा सन्तुष्ट हुन सकेका छैनन् ।

आफू धेरै अघि बढीसकेको भन्दै माधव नेपालले एकताको च्याप्टर क्लोज गर्न निर्देशन

एमाले बरिष्ठ नेता माधवकुमार नेपालले छलफलका लागि आएका आफ्नै समुहका

प्रभावशाली नेताप्रति आफ्नो बिश्वास टुटिसकेको बताउनु भएको छ ।

स्थायी कमिटी बैठक रोक्न लगाएर छलफलका लागि नेपाल निवास कोटेश्वर पुग्नुभएका

उपाध्यक्ष भीम रावलसहितका नेताहरुसँग माधवले आफ्नो बिश्वास टुटिसकेको र

आफू धेरै अगाडि बढिसकेको भन्दै एकताको च्याप्टर क्लोज गर्न भन्नुभएको हो ।

माधवसँग एमाले उपाध्यक्ष रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल,

गोकर्ण विष्ट, रघुजी पन्त लगायतका नेताहरुले शनिवार भेटनुभएको हो ।

सो भेटमा माधवसँग रावलले १० बुँदे सहमति मान्ने कि नमान्ने ? भन्ने प्रश्न राख्नुभएको थियो ।

ओलीले १० बुँदे सहमति स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गरिसकेको भन्दै

१० बुँदेमा टेकेर ओलीसँग पावर शेयरिङको लागि कुरा गर्न पनि नेताहरुले नेपाललाई सुझाउनु भएको थियो ।

तर नेपालले ओलीको जालझेल र षडयन्त्रमा आफू नफस्ने भन्दै दोस्रो अध्यक्ष जसलाई

बन्न मन छ बने हुन्छ भन्ने जवाफ दिनुभएको एक नेताले जनताटाइम्सलाई बताए ।

ती नेताका अनुसार नेता नेपाल आफूलाई भेट्न आएका पाँचै जना नेतासँगै आफ्नो बिश्वास टुटेको भन्दै रिसाउनु भयो ।

एमाले एकताका लागि आज निर्णायक दिन हुने बताइएको छ ।

आजै प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने भन्दै माधवसँग अन्तिम निर्णय माग्नुभएको छ ।

माधव देउवा सरकारमा जाने निर्णयमा हुनुहुन्छ ।

अहिलेसम्म दोस्रो तहका नेताहरुको दवावका कारण माधवले निर्णय नगरे पनि अव ढिला नगरी सत्ताको स्वादमा रमाउने उहाँको योजना छ ।

यही तथ्य बुझेर नेताहरुले माधवलाई सम्झाउन जाँदा कार्यदलका सदस्यप्रति नै

आफ्नो बिश्वास टुटेको माधवको रुखो बचन भेटनु परेको छ ।

‘तपाई के गर्ने ? भनेर सोध्यौं तर माधव कमरेडले हामीप्रति नै भरोसा देखाउनुभएन ।

उहाँको छलफल अचेल हामी भन्दा अरुसँग नै बढी हुने गरेको छ ।

घटनाक्रम हेर्दा माधव एमालेमा नआउने, देउवा सरकारमै जाने पो देखियो,’

माधवलाई भेटेपछि जनताटाइम्ससँग अर्का नेताले भने ।

Source:www.newsparda.com


Last Updated on: August 11th, 2021 at 6:24 pm
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया