शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका

कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ ।

उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ ।

मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् ।

उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए ।

तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन ।

घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए ।

घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् ।

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ ।

उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ ।

मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् ।

उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए ।

तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन ।

घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए ।

घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् ।


Last Updated on: August 10th, 2021 at 9:23 pm
२८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया