आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई धन्यवाद दिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा तोकेर आफूले काम गरेको उनले स्मरण गराए ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले आफू असाधारण जनमतका साथ फेरि सत्तामा आउने घोषणा गरे ।

उनले भने,‘म झ्यालबाट होईन, मूल ढोकाबाट फेरि आउनेछु । नेपाली जनताले मेरो काम हेरेर मत दिएका हुन् ।’

उनले आफू आफ्नो उद्देश्यमा प्रष्ट रहेको र समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पारेर नै छोड्ने पनि स्मरण गराए ।

उनले भने,‘त्यस गन्तव्यतर्फको यात्रामा हिँडेको, नेपाललाई समृद्ध बनाउने र

नेपाली जनतालाई सुखी बनाउने उद्देश्य बोकेर हिँडेकोले सानो तिनो गालीगलौजले खासै फरक पर्दैन् ।

म आफ्नो उद्देश्यमा केन्द्रित छु । मेरो पार्टीले नीति, कार्यक्रम र योजना र लक्ष्य त्यसैअनुरुप तय गरेको छ ।’

 

उनले आफूलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै चिन्ता नभएको पनि जिकिर गरे ।

उनले भने,‘हामीले पार्टी एकीकरण राम्रो उद्देश्यको साथ गरेका थियौं ।

प्रमुख प्रतिपक्षीसँग पनि सम्मानपूर्वक अभ्यास गर्यौं । सहकार्य गर्दै अघि बढ्ने नीति पनि लिइयो । सरकारको गन्तव्य स्पष्ट थियो ।

बाटो स्पष्ट थियो । कार्यान्वयनमा दृढता पनि स्पष्ट थियो । म सधैं सजग थिएँ । तदअनुसार मैले व्यवहार गरेको थिएँ ।

संविधानबमोजिम राज्य सञ्चालन हुनुपर्छ । कानूनी राजको अवधकारणको दृढ हुनुपर्छ ।

उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको नियुक्ती, पदस्थापन, स्वच्छ र पारदर्शी ढंगबाट गर्ने । नातावाद र कृपावादको छायाँसम्म पर्न दिइनँ ।

मैले मसँग सहकार्य गरेका साथीहरुलाई ती नीति अवलम्बन गर्न जोड दिएँ ।

कसैको लाभ र ईच्छामा धक्का अवश्य पर्यो । दियो । केही व्यक्तिहरुको ईच्छामाथि मेरा नीतिले, जो मैले गलत नीतिसँग सम्झौता गरिनँ ।

अपेक्षा तत्काल पूरा भएनन् होला । मेरा कामले हाँसिल हुँदै गरेको लोकप्रियताल छाती जलन हो ।’

Source:www.newsparda.com


Last Updated on: August 10th, 2021 at 8:01 pm
१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया