आइतबार १० आश्विन २०७८

काठमाडौँ ।

प्रधानमन्त्री देउवा द्धारा हाल विद्युत प्रधिकरणमा रहेका कार्यकारी निर्देशकलाई राजीनामा दिन लागाई

कुलमान घिसीङलाई नियुक्ति दिन दिएको ठाडो निर्देशनको आम जनताले

स्वागत गरे संगै सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाईले लेखेका छन

कुलमान घिसिङलाई प्रधिकरणको प्रमुखमा नियुक्ति दिएको दिन सम्माननीय प्रधानमन्त्रीज्युले

राष्ट्रघाती एमसीसी खारेज गर्ने साहस गर्नु पर्ने सामाजिक सञ्जाल फेसबुक माफत लेखेका छन ।

उनले लेखेका छन् एमसीसीको नाममा ३० अर्ब रुपैया त आउने हो बाँकी रकम त

अमेरीकाले आतंककारी उत्पादन गरेर तिब्बत हान्ने नयाँ खप्पाको गर्नका लागि भएको लेखेका छन् ।

यति ३० अर्ब रुपैया त कुलमान जस्तो क्षमतावान व्यक्तीले प्रधिकरण बाटै फाइदा निकाल्ने उनको जिकिर छ ।

एमसीसी को मुख्य योजना चीनका विगर मुसलमान मुभमेन्ट चलाउन र मुुसलमानलाई आंतककारी बनाएर छात्तीमा

बम बाँधिदिएर मुसलमानलाई फसाउने र चीनलाई दुखाउने योजना भएको लेखेका छन् ।

आउँदो चुनावमा ओली विरुद्ध रामकुमारी झाक्री चुनाव लड्ने उद्घोष, तयार रहन

ओलीलाई सुझाव
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री ले

ओलीलाई प्रतिस्पर्धाका लागि तयार रहन चुनौती दिएकी छन्।

उनले नवौं महाधिवेशनबाट आएको कमिटी राखेर पार्टी चलाए आफू त्यसका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताइन्।

अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले नेपाल दोस्रो अध्यक्ष नहुने बताइन्।

उनले विधानमै नभएको व्यवस्थाबाट दोस्रो अध्यक्ष बनाउन खोजिएको भन्दै विरोध गरिन्।’

विधानमा दुईवटा अध्यक्षको व्यवस्था छैन।

महाधिवेशनबाट आएकालाई राखेर पार्टी चलाउनुस् तपाईँसँग प्रतिस्पर्धा गर्न तयार छौं,’ झाँक्रीले भनिन्।

उनले अब पार्टी एकता हुनेमा आफूलाई शंका भएको बताइन्।

एकताका लागि भइरहेका पहल सकारात्मक भएको बताएकी झाँक्रीले

समानान्तर गतिविधि जारी राख्न अखिल फोर्सलाई निर्देशन दिइन्।

उनले समानान्तर गतिविधि गरेर ओली कमजोर भएपछि पार्टीमा भित्र्याउने बताइन्।

‘सहमति होला कि नहोला मलाई शंका छ। साथीहरुले प्रयास गर्नुभएको छ। मेरो सम्मान छ।

तपाईँ प्रयास जारी राख्नुस्। हामीले समानान्तर गतिविधि तीब्र बनाउने छौं।

ओली कमजोर भए हामी हाम्रो पार्टीमा भित्र्याउँला। हाम्रा कमिटीलाई सक्रिय बनाउँ,’ झाँक्रीले भनिन्।

उनले नेपाल समूहलाई छोडेर ओली समूहमा नजान पनि आग्रह गरिन्। ‘हामीले आफ्नो सामर्थ्य थाहा पाएनौँ।

हामीसँगै छ त्यो कस्तुरी बास्ना खोज्दै अन्त नजाउँ,’ उनले भनिन्।

मेरो गल्ती भयो भन्दै ओलीले अध्यक्ष पद छाडेपछी मात्र पार्टी एकता हुन्छ : रामकुमारी झाँक्री
नेकपा एमालेकी नेतृ

रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन् ।

शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको

स्थितिमा पुर्‍याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन् ।

जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् ।

प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरेकी छन् ।

‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ ?’

उनले प्रश्न गरिन्, ‘चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’

आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले ग¥यो ?

पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।

‘यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन’ उनले प्रश्न गरिन् ।

यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने नेतृ झाँक्रीले बताइन् ।

Source:www.newsparda.com


Last Updated on: August 4th, 2021 at 8:05 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया