आइतबार ०३ आश्विन २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र छाडेर

एमालेमा लागेका रामबहादुर थापा ‘बादल’लाई विशेष जिम्मेवारी दिईएको छ ।

आईतबार बसेको एमाले स्थायी कमिटी बैठकले बादललाई विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान

च्यासलमा बसेको बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको छ ।

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष

ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।

संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र

रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन

गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विधान महाधिवेशनको प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने भएको छ ।

बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरूमा वडा

अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरूमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

 


Last Updated on: August 2nd, 2021 at 8:01 pm
४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया