आइतबार ०३ आश्विन २०७८

काठमाडौँ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको अध्यक्ष बन्ने संभावना बढ्दै गएको छ ।

एमाललेमा विवाद बढ्दै गएपछि दोस्रो तहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता

माधवकुमार नेपालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्न थालेपछि अध्यक्षमा भीम रावलको संभावना बढेको हो ।

माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र आफूबाहेक कसैलाई

नेतृत्व दिएर महाधिवेशनमा जाने प्रस्ताव गरेको कारण रावल अध्यक्ष हुने संभावना झनै उच्च रहेको छ ।

स्रोतका अनुसार भीम रावललाई महाधिवेशन आयोजक कमिटीको प्रमुख बनाएर अगाडी बढ्ने रणनीति बनाइएको बताइएको छ ।

भीम रावल यतिबेला ओली र नेपाल दुवैको प्यारो मान्छेसमेत बनिसकेका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि ओलीप्रति रावल रुष्ट बने पनि

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने समयमा ओली र रावलको सम्बन्ध राम्रो भएको नेताहरु बताउँछन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदा एमाले एकतामा समस्या हुने भन्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिएनन् ।

उनलाई केहीदिन अगाडी अध्यक्ष ओलीले कार्यवाहक अध्यक्ष लिन प्रस्तावसमेत गरेका थिए ।

केपी ओलीले एमालेमा आत्मसमर्पण गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौं।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले आत्मसमर्पण गर्नुपर्ने बताएका छन्। एमाले नेता भुसालले भने,

‘कमरेड ओली नेतृत्वको संसदीय दलको मर्यादाको उल्लंघन होइन, हामीले त हाम्रो संसद र संविधानलाई असफल

पार्ने डिजाइनलाई असफल पार्नका र्न लागि कमरेड ओलीका आदेशको उल्लंघन गर्नुपर्नुर्ने ठाउँमा पुग्यौँ।’

केपी ओलीले गरेको गल्तीका कारण ओलीको आदेश उल्लंघन गर्नुपरेको स्पष्ट पारे।

आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताए।

आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन्।

भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै

पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन्।

भुसालले आफूमाथि कारवाही हुनुपूर्व पार्टी एक हुनुपर्ने बताएका छन्।

केपी ओलीले संसद विघटन गर्नु गल्ती थियो भनेर आत्मालोचना गरेको अवस्थामा पार्टी

मिलिसकेपछि संसदीय मर्यादा नाघ्नेमाथि थोरै भए पनि कारवाही हुनुपर्ने उनले बताए।

 


Last Updated on: August 2nd, 2021 at 7:11 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया