शुक्रबार ०८ आश्विन २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटाउनुपर्ने बताएकी छिन्।

मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले बिजुलीको महसुल पुन: अवलोकन गर्नु पर्ने बताएकी हुन्।

अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा भाउ घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा भाउ नघट्ने विषय

असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउन आफू लागी परेको बताइन्।

उनले बिजुली खपत बढाउनका लागि भाउ घटाउने र ग्यासको विकल्पमा प्रयोग

बढाउनका लागि विद्युतीय सामग्रीको भन्सार छुटको सहुलियत दिनुपर्ने बताइन।

मन्त्री भुसालले गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकारले योजना बनाइरहेको बताइन।

उहाँले अहिले पनि कतिपय नागरिकले महसुल तिर्न नसकेकै कारण बिजुली जोड्न नसकेको बताउँदै त्यस्ता नागरिकलाई सरकारले निःशुल्क बिजुली दिने उद्घोष गरिन्।

उद्योगहरूको मागअनुसार बिजुली दिन सकेमा खपत बढ्ने तर त्यसका लागि प्रसारण लाइन र

सबस्टेशनको समस्या भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्ने मन्त्री पम्फा भुसालले जानकारी दिइन्।

एमालेको अध्यक्षबाट बिदा हुनेभए ओली, कसले पाउँदैछ जिम्मेवारी

नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ ।

उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो ।

विश्वस्त स्रोतका अनुसार ओलीविरुद्ध केन्द्रीय कमिटीमा १०२ जना पुर्याउने गृहकार्य चलेको छ ।

सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको

आधार मानेर उक्त संख्या पुर्याएर ओलीलाई हटाउने रणनीति उनीविरोधी समूहले गृहकार्य बढाएको हो ।

नवौं महाधिवेशनको २०३ सदस्यीय केन्द्रीय कमिटीमा माधवकुमार नेपाल पक्षमा ८८ जना रहेको बुझिएको छ ।

बामदेव गौतम पनि नेपालसँगको सहकार्यमा रहेकाले लगभग १०० केन्द्रीय कमिटीको संख्या पुग्ने आँकलन गरिएको छ ।

बाँकी केही केन्द्रीय सदस्य ओली पक्षबाट तान्ने गरी तयारी बढाइएको छ ।

पछिल्लो समय ओली पक्षकै केही नेताहरु असन्तुष्ट बनेका छन् ।

उनीहरु नेकपा एकताका लागि ओलीको विकल्पमा जानुपर्ने सम्मको तयारीमा पुगेको बुझिएको छ ।

नेकपा एमाले मिल्ने सम्भावना लगभग अन्त भएपनि ओलीलाई अध्यक्षबाट राजीनामा गर्न लगाउने या हटाएर भएपनि बढ्ने

रणनीतिका साथ दोस्रो पुस्ताका हस्ती नेताहरु आन्तरिक गृहकार्यमा छन् । ओलीले राजीनामा दिने सम्भावना लगभग छैन । त्

यसैले उनलाई हटाउने रणनीतिमा ओलीनिकट मानिएका केही नेताहरु नै लाग्न सक्ने बुझिएको छ ।

एमालेभित्र ओलीको पकड बलियो रहेकाले उनलाई हटाउन सजिलो भने छैन ।

तर, एमाले एक बनाउने सवालमा उनलाई हटाउन सम्म दोस्रो पुस्ताका केही नेताहरु अगाडि बढ्ने सम्भावना नभएको होइन ।

ओली अध्यक्ष नै रहे के होला
एमाले अध्यक्षबाट ओलीलाई राजीनामा गर्न लगाउने या हटाउने गरी विरोधी नेताहरु सक्रिय भएका छन् ।

तर, दुवै सम्भावना नभएमा एमाले फुट्ने निश्चितप्रायः छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत सांसद संख्या पुग्नुपर्छ ।

केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगेपनि ओलीविरोधीसँग संसदीय दलमा ४० प्रतिशत पुग्दैन ।

त्यो संख्या पुर्याउन माधव नेपाल पक्ष सक्रिय भइसकेको छ ।

४० प्रतिशत सांसद संख्या नपुगे अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने नेपाल पक्षको तयारी देखिएको छ ।

यो विकल्पमा पनि नेपाल तयारी अवस्थामा बसिसकेको बुझिएको छ ।

यथास्थितिमा नेपालसँग ३२ भन्दा बढी सांसद छन् । यो संख्या देउवाको पक्षमा विश्वासको मत दिने २२, माधव पक्षमा रहेर मतदान नगर्ने ८,

मतदानमा भाग लिन आउन नपाएका झलनाथ खनाल र तुलसा थापा समेतको संख्या हो । गोकर्ण बिष्ट र योगेश भट्टराई समेतलाई गणना गर्दा ३४ पुग्छ ।

 


Last Updated on: July 31st, 2021 at 6:59 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया