आइतबार १० आश्विन २०७८

काठमाडौ ।

नेकपा एमालेको माधव नेपाल समुह सरकारमा सहभागी नहुने कुरा दोहोर्याएको छ ।

एमाले एकताको प्रयास कामय रहेका कारण सरकारमा नजाने भएका हुन् ।

मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी

एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

पौडेल वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट गठबन्धन बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सरकारमा

सहभागी हुन आग्रह गर्दा उनले त्यस्तो जवाफ दिएका हुन् ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको

भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए।

प्रचण्डले नेपाल समूह पनि सरकारमा सहभागी हुने र बुधबार

मन्त्रीमण्डल विस्तार हुन सक्ने बताएकै बेला यस्तो अप्रत्याशित भनाई आएको हो ।

त्यसैको छलफल गर्न गठबन्धन बैठक बोलाइएको थियो ।

नेपाल पक्षले संविधान जोगाउन मात्र आफुहरुले देउवालाई साथ दिएको बताएका छन् ।

एकताको पहल चलिरहेकाले नैतिक रुपमा पनि आफुहरु सरकारमा सहभागी हुन नमिल्ने नेपाल पक्षका नेताको भनाई छ ।

नेपाल पक्षले गठबन्धनलाई भन्यो, हामी सरकारमा सहभागी हुन मिल्दैन,

तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस् ।’

Source:www.newsparda.com


Last Updated on: July 28th, 2021 at 8:06 pm
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया