आइतबार १० आश्विन २०७८

काठमाडाैँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री छान्न नसक्दा आफू ठूलो तनावमा परेको बताएपछि पूर्वमाओवादी

नेतासमेत रहनुभएका विश्लेषक मुमाराम खनालले तनाव व्यवस्थापनको तरिका सिकाएका छन ।

प्रचण्डलाई ट्विटरमा लेखेका छन, ‘प्रचण्डजी तनावमा हुनुहुन्छ रे ।

आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे । पार्टीको भागमा जम्मा ७ जना परेका छन् रे ।

१७ महिना जसोतसो व्यवस्थापन गर्नुस् कमरेड, अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र सांसद आउँछन् कुरो मिल्छ ।’

प्रचण्डले हिजो आफ्ना ४९ जना सांसद सबै मन्त्रीको दाबेदार भइदिएपछि

आफूलाई ठूलो तनाव भएको सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले आफ्नो दुखेसो साटिरहँदा मन्त्री पम्फा भूसाल मञ्चमै थिइन भने

मन्त्रीका तीब्र आकांक्षी देवेन्द्र पौडेललगायत पनि कार्यक्रममै रहेका थिए ।

मन्त्रीको आकांक्षी नभएका सांसदहरुले पनि दाहालको अभिव्यक्तिप्रति आक्रोस व्यक्त गरेका छन् ।

आफूहरुलाई एकै घानमा राखेर अपमान गरेको उनीहरुको भनाइ छ ।

५३ सदस्य रहेको माओवादी केन्द्रका ४ जना एमालेमा गएपछि अहिले ४९ जना मात्रै सांसद छन् ।

फेसबुक र ट्विटरमा कतिपयले ४९ जनाभित्रै रहकेी पूर्वमन्त्री एवं

दाहालकी बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको झोंक फेरेको भन्दै ठट्टा र व्यंग्य गरेका छन् ।

Source:www.newsparda.com


Last Updated on: July 27th, 2021 at 8:02 pm
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया