शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

हिन्दु धर्ममाथि प्रहार गर्ने जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई संसदमै नसिहत दिइएको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा नेपाली कांग्रेसका सांसद

अभिषेकप्रताप शाहले हिन्दु धर्ममाथि प्रहार गर्ने काम नगर्न नसिहत दिएका छन् ।

पूर्वप्रधानमन्त्री भइसकेको, पढेलेखेको व्यक्तिले पदीय मर्यादाले पनि यस्तो चिप कुरा गर्न नसुहाउने भन्दै

सांसद शाहले आइन्दा यस्तो गल्ती नदोहोर्याउन चेतावनी दिए । ‘यो देश सबै धर्मको हो ।

हामीले सबै धर्मको इज्जत गर्ने गरेका छौं । सबै धर्मलाई उतिकै सम्मान हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।

तै पनि उहाँजस्तो पढालेखा सिनियर व्यक्तिले त्यस्तो अभिव्यक्त दिइसकेपछि पुरै नेपालमा हिन्दुहरु एकदमै आक्रोशित छन् ।

यस्ता टिप्पणी आइन्दा नआओस् । म सचेत गराउन चाहन्छु,’ उनले भने ।

बकर इदका दिन बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमा योगी आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको तस्विर शेयर गर्दै

अन्धविश्वास खतरनाक हुने र दुध फाल्ने र गहुँत खाने गरेको भन्दै खिल्ली उडाउँदै हिन्दुहरुको आस्थामाथि चोट पुर्याउने काम गरेका थिए ।

उनको यो कदमविरुद्ध देशभर आन्दोलन भएको थियो भने मधेसमा पुत्ला जलेको थियो ।

साउने सोमवार पारेर हिजो मात्रै पशुपतिनाथमा सयौ लिटर दुध चढाएर बाबुरामलाई काउन्टर दिइएको थियो ।

 


Last Updated on: July 27th, 2021 at 7:27 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया