आइतबार १० आश्विन २०७८

तत्कालिन सत्तारुढ पार्टी नेकपा एमाले एक हुनेमा पार्टी पंक्तीमा द्धविधा भएको छ ।

उच्च स्तरका नेताहरुबीच सहमति नहुदा यतिबेला नेता कार्यकर्ताहरु अलमलमा रहेका छन् ।

कार्यदल बनाउदा सम्म पनि एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र

माधव कुमार नेपालबीच कुरा नमिल्दा यस्तो अवस्था आएको हो ।

यसैबीच, दोस्रो तहका केही नेताहरु पार्टी एकताको पक्षमा दृढतापूर्वक लागिपरेका छन् ।

यसैबीच, विवाद समाधानको पक्षमा लागेका पूर्व मन्त्री एवं एमालेका प्रभावशाली नेता योगेश भट्टराईले हालै राती अबेरसम्म भेट्दै दिएको

गोप्य सूचनाले ओली झस्किएका छन् । संसदमा देउवाको पक्षमा स्पष्टसँग १ सय ६५ जना सांसद पुगेको छ ।

किसान श्रेष्ठ जस्ताले तपाईंको साथ छाडे । यो शुभ संकेत होइन । त्यसतर्फ ध्यान दिनुपर्यो’ योगेशले ओलीलाई भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाएर गलहत्याउने

तयारी भइरहेको गोप्य सूचना थाहा पाएपछि ओली झस्किएका छन् ।

ओलीले भने राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग नलगाइदिए हुने चाहाना व्यक्त गरेको बुझिएको छ ।

 


Last Updated on: July 26th, 2021 at 9:21 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया