आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल खेमा विभाजित भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उपाध्यक्ष भीम रावलसहितका

नेताहरुले छुट्टै सम्झौता गरेपनि नेपाल खेमा विभाजित भएको हो ।

रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई आइतबार राति भएको कार्यदलको सम्झौताको पक्षमा छन् ।

तर, वरिष्ठ नेता माधवकुमार नेपालले सम्झौताप्रति आपत्ति जनाउँदै अदालतलाई प्रभावित पार्न खोजेको प्रतिक्रिया दिएका छन् ।

तर, उनको पक्षमा रहेका भीम रावल सम्झौताप्रति उत्साही छन् ।

रावललाई यसअघि पनि ओलीले बालुवाटारमा डाकेर पटक पटक भेटेका थिए ।

सुरेन्द्र पाण्डेसँग पनि भेटघाट बाक्लिएको थियो ।

नेपाल खेमाका हस्ती नेताहरु रावल र पाण्ड ओलीसँग सम्झौता गर्न पुगेका छन् ।

अब नेपाल खेमामा यसअघि रहेका २३ विघटित प्रतिनिधि सभाका सांसदमध्ये कति जना रहने हुन् भन्ने चासोको विषय बनेको छ ।

नेपाल खेमाबाट विभाजित भएका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल २३ जनाको गणनामा पर्नेछैनन् ।

गोकर्ण बिष्ट र योगेश भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको प्रस्तावमा हस्तक्षर गरेका थिएनन् ।

भीम रावल निकट झपट रावल पनि विभाजित खेमामा पुगेका छन् ।

अब माधव नेपाल पक्षमा १९ जना जति विघटित प्रतिनिधि सभाका सांसद रहेका छन् ।

माधव नेपाल पक्ष
१. माधवकुमार नेपाल २. झलनाथ खनाल ३. सोमप्रसाद पाण्डे ४. मेटमणी चौधरी

५. भवानी खापुङ ६. राजबहादुर बुढा ७. यज्ञराज सुनुवार ८. विरोध खतिवडा ९. कृष्णलाल महर्जन

१०. जीवनराम श्रेष्ठ ११. नारायण खतिवडा १२. दिपकप्रकाश भट्ट १३. रामकुमारी झाँक्री १४. सरला यादव

१५. पुष्पाकुमारी कर्ण १६. कल्याणी खड्का १७. निरादेवी जैरु १८. मुकुन्द न्यौपाने १९. लक्ष्मीकुमारी चौधरी

रावल-पाण्डे पक्षधर
१. भीम रावल २. सुरेन्द्र पाण्डे ३. घनश्याम भुसाल ४. झपट रावल

 


Last Updated on: July 26th, 2021 at 8:26 pm
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया