आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमाले भित्रको राजनीति फेरि रोचक मोडतिर जाने संकेत देखिएको छ ।

नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत

दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यता नेपाल पक्षले भने स्पष्टिकरण नदिने र कारवाही गरिए सर्वोच्च अदालत जाने सार्वजनिक घोषणा गरेका छन् ।

तर, तोकिएको समय सकिनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन ।

सांसद समिना हुसेनले पनि आफूलाई कुनै स्पष्टीकरण पत्र प्राप्त नभएको बताइन् ।

स्पष्टीकरण पत्र आएमा अदालतको मानहानी गरेको मुद्दा हाल्ने उनले चेतावनी दिइन् ।

यसअघि सर्वोच्चले प्रतिनिधीसभा विघटन मुद्दालाई बदर गरेसँगै संसद्

पुर्नस्थापना प्रक्रियामा संसदीय दलको ह्विप नलाग्ने गरि निर्णय दिएको थियो ।

पछी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत लिँदा एमाले केपी

ओली पक्षका केही सदस्य सहित माधव नेपालका पक्षका सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए ।

त्यसपछी देउवाको पक्षमा मतदान गर्ने सांसद्हरुलाई एमालले स्पस्टीकरण मागेको बताएको थियो ।

उसो त प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई

स्पष्टीकरण सोध्ने एमालेको निर्णय २४ घण्टा बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन।

ललितपुरमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले

२४ घण्टाको समय दिएर माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए।

तर अध्यक्ष ओलीले गरेको उक्त प्रस्ताव अहिलेसम्म कार्यान्वयनमा आएको छैन।

नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले देउवालाई

विश्वासको मत दिने कुनै पनि सांसदलाई मंगलबारसम्म स्पष्टीकरण नसोधिएको बताएका छन्।ु

अहिलेसम्म कुनै पनि सांसदलाई स्पष्टीकरणका लागि पत्र पठाइएको छैन, सोध्ने तयारी छु, उनले भने।

आइतवार भएको विश्वासको मतको मतदानमा ओली पक्षकै

आठ जना र माधव पक्षीय १४ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए।

एमालेका समेत २२ सांसद विश्वासको पक्षमा उभिएपछि देउवाले १६५ मत पाउँदै

आगामी डेढ वर्षका लागि सरकारमा रहने पक्का गरिसकेका छन्।

एमालेबाट विश्वासको मत दिनेमा सांसदहरुमा ओली पक्षीय प्रेम आले, हीराचन्द्र केसी, किसान श्रेष्ठ,

पार्वती बिसङ्खे, कलिला खातुन, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन थिए।

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने,

निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन,

भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका थिए।


Last Updated on: July 24th, 2021 at 9:00 pm
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया