आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले

तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने बताएका छन् ।

‘ओलीले अध्यक्षबाट तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ’, रातोपाटीसँग कुरा गर्दै माधव

नेपाल समुहका नेता खतिवडाले भने, ‘पार्टीभित्रको एकतालाई समाप्त पारेको, कम्युनिस्ट एकतालाई ध्वस्त बनाएको र

देशको राजनीतिलाई अस्तव्यस्त बनाउनेगरी संसद विघटन गरेकाले उनले एमाले अध्यक्षको हैसियतमा बस्ने नैतिकता गुमाएको’ बताए ।

पुष्पलाल मित्रता केन्द्रका अध्यक्षसमेत रहेका खतिवडाले अब केपी ओली अध्यक्ष रहिरहेर पार्टी एकता सम्भव नभएको दावी गरे ।

‘उहाँका सबै काम कारवाहीहरु प्रतिगमनकारी भएकाले अव एमालेको अध्यक्ष पदमा बसिरहन उचित हुदैन ।

उहाँले हिजोअस्ति नै राजीनामा दिनुपर्ने हो आजसम्म किन बसिरहनुभएको छ ?’,

खतिवडाले प्रश्न गरे, ‘तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ ।’

उनले ओली पक्षले माधव नेपाललाई दोस्रो अध्यक्ष दिएर पार्टी एकता गर्न

खोजेको भनेर गरिएका प्रचारवाजी षडयन्त्रको अर्को रुप भएको टिप्पणी पनि गरे ।

‘दोस्रो अध्यक्ष दिन खोजेको हो तर मानेन् भनेझै गरी प्रचार भइरहेको देखिन्छ ।

यो अर्को षड्यन्त्र हो । माधव नेपाललाई अध्यक्षकै लागि मरिहत्ते गरेको रहेछ

भनेर लोभी पात्रको रुपमा चित्रित गर्ने षड्यन्त्र अनुसार प्रचारबाजी गराइएको हो’, खतिवडाको भनाई छ ।


Last Updated on: July 22nd, 2021 at 7:46 pm
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया