आइतबार ०३ आश्विन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे बस्दैछ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सोमबार शुरु भएको

दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने छ।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वा’सको मत दिने वरिष्ठ

नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताएका छन्।

यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरू घोषणा हुने सम्भावना रहेको सचिव तामाङले बताएका छन्।

प्रचण्ड फर्किएलगत्तै किन माधव नेपाल निवासमा पुगे उपेन्द्र यादव ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोटेश्वरमै पुगेर नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका हुन्।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो।

वरिष्ठ नेता नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड ९ बजे फर्किएका छन्।

प्रचण्ड फर्किएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेपाल निवास कोटेश्वर पुगेका छन्।

भेटमा के कुराकानी भयो भन्ने विषय खुलेको छैन। यद्यपि, समसामयिक राजनीति र

सरकार सञ्चालनका विषयमा कुराकानी भएको नेपाल निकट स्रोतले जानकारी दिएको छ।


Last Updated on: July 20th, 2021 at 6:48 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया