आइतबार ०३ आश्विन २०७८

काठमाडौँ–

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

नेता रावलले आफूले राजीनामा दिएको  बताए।

उनले भने, ‘म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु। विस्तृत रुपमा वक्तव्यमै छ।’

देउवा लगातार २ वर्ष प्रधानमन्त्री !

काठमाडौँ —

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।

संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची पनि राखिएको छ ।

सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि सुरु हुँदै छ ।

करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि

प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ । सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् ।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतको प्रस्ताव संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरिसकेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मत लिने सम्बन्धीको प्रस्ताव परामर्श समितिको बैठकमा लगेका थिए ।

कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले ल्याएको प्रस्तावअनुसार नै कार्यव्यवस्था समितिले निर्णय गरेको जानकारी दिइन् ।

विघटनविरुद्धको रिटमा सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साताभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो ।

आदेशपछि करिब दुई तिहाइ बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री

बनेका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि

प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्‍वासको मत लिने तयारी गरेका हुन् ।


Last Updated on: July 18th, 2021 at 9:31 pm
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया