आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट ४० जना सांसदले

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

नेपालनिकट सांसद विरोध खतिवडाले कम्तिमा पनि ४० जना सांसद आफूहरुको

पक्षमा उभिएकाले सबैले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।

विश्वासको मत दिनेबारे साझा धारणा बनाउनको लागि बसेको नेपाल पक्षको

नेताहरुको बैठकले यस्तो निर्णय गरेको खतिवडाको भनाई छ ।

प्रधानमन्त्री देउवाले आजकै संसद् बैठकमा विश्वासको मत लिने भएका हुन् ।

उनलाई विश्वासको मत नदिने भनेर एमालेले निर्णय गरिसकेको छ ।

तर, यसअघि नै संसद्को पूर्ण कार्यकालको पक्षमा आफूहरु उभिएको बताउँदै

नेपाल पक्षले भने देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

सर्वोच्चमा रिट हाल्दा नेपाल पक्षबाट २३ जना सांसद थिए ।

तर, अहिले सत्ता समिकरणमा नेपाल पक्ष पनि निर्णायक भएकोले

मन्त्री बन्ने लोभमा दर्जन बढि सांसद नेपाल पक्षमा आएको दाबी गरिएको छ ।

प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई भेटेरै सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

देउवाले नेपालले मागेबमोजिम मन्त्रालय दिनेपनि आश्वासन दिएका छन् ।

खतिवडाकाअनुसार विश्वासको मत दिने भएपछि आफूहरु पनि सरकारमा सहभागी हुनसक्ने जानकारी दिए ।

अहिले नेपाल पक्षले कम्तिमा पनि ८ वटा मन्त्रालय पाउने आश्वासन प्रधानमन्त्रीबाट पाएको छ ।

Source:www.newsparda.com


Last Updated on: July 18th, 2021 at 5:40 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया