आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह अहिले सर्वाधिक चर्चामा छन् ।

नेता नेपालकै कारण पटकपटक एमाले एकता भाडिदैँ आएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

तर सो निर्णय लत्याउदैँ नेता नेपाल अघि बढेका छन् ।

आफ्नै पार्टीको सरकार ढालेर नेता नेपालले देउवा सरकारलाई

विश्वासको मत मात्रै हैन् सरकारमै सहभागी हुने अन्तिम तयारी कुरा बाहिरिएको छ ।

नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने संकेत यसअघि नै देखाइसकेको थियो ।

प्रधानमन्त्रीको सपथ खाए लगत्तै शेरबहादुर देउवाले माधव कुमार नेपाललाई उनको निवासमा भेटेर आफूलाई साथ दिए भने अनुसार मन्त्रालय दिने वाचा गरेका थिए ।

त्यहि अनुरुप अहिले माधव नेपालले आफ्नो समूहबाट को को मन्त्री बनाउने भनेर लिस्ट देउवालाई बुझाएका छन् ।

बालुवाटार श्रोतका अनुसार माधव कुमार नेपालले ७ जना नेताहरुको नाम पठाएका छन् । सोम प्रसाद पाण्डे, मेटमणी चौधरी,

रामकुमारी झाँक्री, जीवन राम श्रेष्ठ, विरोध खतिवडा, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले देउवालाई पठाएका छन् ।

यी ७ बाट देउवाले ५ वा ६ जनालाई मात्र मन्त्री बनाउने तयारी गरिएको बुझिएको छ ।

देउवालाई जसरी पनि विश्वासको मत पाउनु पर्ने वाध्यताले माधव नेपालले पठाएको लिस्टका नेताहरुलाई मन्त्री बनाउन राजी भएका छन् ।

देउवा निकट एक नेताका अनुसार माधव नेपालले पठाएको नाम मध्य

एक दुई जनामा देउवा खुशी छैनन् तर माधव नेपाललाई फकाउन भएपनि राजी भएका हुन् ।

माधव नेपाल समूहका अरु नेताहरु भने अहिले देउवा सरकारमा जान हतार हतार नाम दिएकामा रुष्ट भएका छन् ।

एमालेका अध्यक्ष केपी ओलीसंग वार्ता नगरि निष्कर्षमा पुगेर सरकारमा

जान हतार गरेकोमा माधव नेपाल संग भीम रावलदेखि योगेश भट्टराई रुष्ट भएका छन् ।

नेकपा एमालेका नेता गोकूल बास्कोटाले समेत अहिले सामाजिक

संजालमा स्ट्याटस लेख्दै देउवा सरकारको मन्त्री मण्डलमा नेपाली कांग्रेसबाट ९ जना,

माधव नेपाल समूहबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जसपाबाट

५ जना समावेश हुने गरि सम्झौता भएको कुरा उल्लेख गरेका छन् ।

 


Last Updated on: July 17th, 2021 at 9:20 pm
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया