आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नै हटाएर एकताको सहमति गर्ने तयारी गरिएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको कार्यदलको बैठकले

दुई समूहबीच एकता लागि तयार पारेको मस्यौदामा नेता नेपालले असहमति जनाएपछि

उनलाई नै हटाएर एकताको सहमति गर्ने प्रयास अघि बढाइएको बताइएको छ ।

नेता नेपालनिकट नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेर एकताको सहमतिका बुँदाहरुबारे ब्रिफिङ गरेका थिए ।

तर, नेपालले सहमतिको मस्यौदामा सर्वाेच्च अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै

सच्याउन भनेर सर्वाेच्चको फैसलाअघि केही कदम नचाल्न सुझाव दिएका थिए ।

साथै, नेता नेपालले आफूलाई हटाएर एकताको सहमति गरिएको खण्डमा अमान्य हुने कार्यदलका सदस्यलाई भनेका छन् ।

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको कार्यदल

आइतबार विहानदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले एकता गर्न छलफलमा तल्लिन छ ।

शनिबार नेपालनिकट नेता गोकर्ण विष्टले आइतबार एकताको सन्देश दिने बताएका थिए ।

तर, नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको फैसलाअघि एकता गर्न

हतार नगर्न सुझाव दिएसँगै एकता लम्बिने वा टुंगिने विषयतिर अघि बढ्दै गर्दा कार्यदलले बरु

नेपाललाई नै हटाएर एकताको सन्देश दिन चाहेको बताइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

साथै, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

बहस सकिएर हेर्दाहेर्दैमा राखिएको छ भने सोमबारका लागि पेशीमा तोकिएको छ ।

Source:www.newsparda.com


Last Updated on: July 17th, 2021 at 6:38 pm
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया